काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।११ हजार ४ सय ३ जनामा कोरोना परीक्षण हुँदा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको छ ।




प्रतिक्रिया