आज रातिबाट दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट नेपाल आउन नपाइने

आज रातिबाट दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट नेपाल आउन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट नेपाल आउन प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारको उक्त निर्णय आज बिहीबार राति १२ बजेबाट लागु हुनेछ हाल ती जोखिम देखिएका मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय भएको एक मन्त्रीले जानकरी दिए ।