काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दैछ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । अहिले केही बेरमा बोर्ड बैठक बस्दैछ ।
कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।
कसरी हेर्ने रिजल्ट ?
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । नतिजा वेवसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।
नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेवसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।




प्रतिक्रिया