काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत जबरा आज बिहान डिस्चार्ज भएका हुन् ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर जबरालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।
निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि उनी गएको मंगलबार एपीएफ अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनी अस्पताल भर्ना भएपछि कायममुकायमको विषयमा विवाद भएको थियो । वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीलाई कायममुकायमको जिम्मेवारी दिनुपर्ने आवाज उठेपछि जबराले आफू शुक्रबार डिस्चार्ज हुने जानकारी गराएका थिए । त्यसपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको थियो ।





प्रतिक्रिया