विधान परिमार्जनका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने माओवादीको निर्णय

विधान परिमार्जनका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने माओवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन गरेको हो ।

कार्यदलमा गुरुङसहित पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । मंसिर २५ गतेसम्म कार्यदलले विधान मस्यौदा प्रस्ताव गर्ने भएको छ ।

राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको उनले बताए ।

यस्तै राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रवक्ता महराले प्रवेश शुल्कको रुपमा महाधिवेशनमा भाग लिने प्रत्येक सदस्यबाट शुल्क लिइने बताए ।

‘हिजोदेखि बसेको स्थायी समिति बैठकले केन्द्रीय प्रतिनिधि थप प्रस्ताव तयार गरेर ल्याउने गरि अध्यक्षलाई जिम्मेवारी दिएको छ ’ महराले भने, ‘हरेक प्रदेशले ३० जना र वाँकी पार्टी सदस्यता नविकरणका आधारमा प्रदेश अनुसार निर्धारण हुने छ।’