म राजनीतिमा खेलाडी बन्न आएकी हुँ : रेखा थापा

म राजनीतिमा खेलाडी बन्न आएकी हुँ : रेखा थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभिनेत्री रेखा थापा पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय देखिएकी छिन् । राप्रपा नेतृ रेखा थापाले गत बुधबारदेखि जारी पार्टीको महाधिवेशन अन्तर्गत महिला कोटामा रेखाले उम्मेदवारी दिएकी छिन् ।

विगतमा अध्यक्ष कमल थापाबाट प्रभावित भएर राप्रपा प्रवेश गरेको बताएकी रेखा अहिले उनै थापाबिरूद्ध राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । रेखा पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले उम्मेदवारी दिएको बताउँछिन् ।

रेखाले आफ्नो उम्मेदवारी युवा मात्र होइन, महिलाको पक्षमा पनि भएको बताइन् । उनले भनिन्, ‘पार्टी भित्रै पनि नेतृत्वले महिलाहरुलाई भनेजस्तै स्थान दिइएको पाइएको छैन । ठाउँमा पुगेका नेतृत्वले पनि त्यसको विषयमा बोलेको आवाज सुनिएन । अब उहाँहरुको आवाज सुन्नको लागि मैले नेतृत्वमा जाने निर्णय गरेकी हुँ ।’
त्यसैगरी रेखाले आफू राजनीतिमा दर्शकको भूमिका निभाउन नआएको दावी गरिन् ।

उनले भनिन्, ‘म राजनीतिमा दर्शक होइन, खेलाडी बन्न आएकी हुँ । राजनीतिमा सक्रिय भएर केही गरेर देखाउनेछु’ रेखासँग प्रतिष्पर्धा गर्न कमल थापाको प्यानलबाट कुन्ती शाही महामन्त्री (महिला) पदको उम्मेदवार बनेकी छिन् । कुन्ती राजनैतिक पृष्ठभूमिबाट आएकी नेतृ हुन् । अभिनेत्री रेखाले राजनीतिमा होमिएको लामो समय भएको छैन ।