४० दिनपछि सर्वोच्चको विवाद साम्य, न्यायाधीश र कानुन व्यवसायी इजलास फर्किए

४० दिनपछि सर्वोच्चको विवाद साम्य, न्यायाधीश र कानुन व्यवसायी इजलास फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका कानून व्यवसायीहरु नियमित काममा फर्किएका छन् । विगत ४० दिनदेखि आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरु आजबाट नियमित काममा फर्किएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरु आजबाट इजलासमा फर्किएका छन् ।

आन्दोलनको मुख्य नेतृत्वकर्ता वरिष्ठतम न्यायाधीश दीपक कार्की, वरिष्ठ अधिवक्त शम्भु थापासहितका सबै कानुन व्यवसायीहरु इजलासमा फर्किएका हुन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण पुष्टी भएर एपीएफ अस्पताल भर्ना भएका थिए । चार दिनको अस्पताल बसाइपछि उनी आज डिस्चार्ज भएका छन् ।

उनी अस्पताल भर्ना भएपछि कायममुकायमको विषयमा विवाद भएको थियो । वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीलाई कायममुकायमको जिम्मेवारी दिनुपर्ने आवाज उठेपछि जबराले आफू शुक्रबार डिस्चार्ज हुने जानकारी गराएका थिए । त्यसपछि कायममुकायमकाे विवाद टुंगिएको थियो ।

११ वटा इजलास गठन

अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ ।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।