काठमाण्डु – काठमाण्डुको नयाँबजारस्थित प्राइम कलेज नजिकै एक गार्मेन्टमा आगलागी भएको छ । प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार शुक्रबार दिउँसो २ बजेपछि सुुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।
हाल घटनास्थलमा काठमाण्डु उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १र१ वटा गरी ६ वटा दमकल र अग्नि नियन्त्रक टोली परिचालन भएका छन् ।
अहिले आगो निभाउने काम भइरहेको र आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया