कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु

कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् । बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर, उम्मेदवारहरू आ-आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेन ।

अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गोविन्द बोहरा, गोविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् ।

इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।