कांग्रेस महाधिवेशन : प्रदेश १ को मतदान अझै सुरु हुन सकेन

कांग्रेस महाधिवेशन : प्रदेश १ को मतदान अझै सुरु हुन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काङ्ग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश १ को मतदान अझै सुरु हुन सकेको छैन । तोकिएको कार्यसूची भन्दा चार घण्टा वितिसक्दा पनि मतदान सुरु हुन सकेको छैन । सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि धकिेलिएको छ ।

जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान ८ बजेबाट सुरु गर्ने कार्यसूची थियो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए । मतदान कार्यक्रमका लागि १४ जिल्लाका प्रतिनिधिहरूलाई जिल्लागतरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १ नं प्रदेश सभापतिमा संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ । पौडेल–कोइराला समूहबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला समृहबाट उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।