कांग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

कांग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए ।

सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहररूको नामावाली आउन सकेको छैन । त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइ सकेको र आइतबार सम्ममा जिल्लाका सबै तहका अधवेशन सम्पन्न हुने सम्भावना रहेको निर्वाचन समिति सदस्य यादवले बताए ।

रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि क्षेत्र नम्बर ४ का प्रतिधिनिहरूको नामावली शनिवार १२ बजेसम्मसम्म पनि प्राप्त हुन नसकेको उनले बताए । प्रदेश अविधेशनमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र सशंका कोइराला समूहको आफ्नो समर्थन रहेको बताए ।

यता, कांग्रेसका युवा नेता तथा प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल धिमिरेले सबै क्षेत्रलाई समेट निर्वाचन गराउनु पर्ने माग गरेका छन् । प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिधिनि, क्षेत्रीय प्रतिनिधी, केन्द्रीय सदस्य गरी एक हजार आठ सय ८८ जना मतदाता रहेको छ ।