काठमाण्डु – नेपाली काङ्ग्रेस वाग्मती प्रदेशको मतदान अझै सुरू हुन सकेको छैन । बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान अझै सुरू हुन नसकेको बताइएको छ । मतदाताको बिषयका कारण हालसम्म मतदान हुन नसकेको हाे
। वाग्मतीमा संस्थापन इतरबाट जगदीशनरसिंह केसी प्रतिस्पर्धामा छन् । सबै प्रदेशमा समिकरण बनाएका शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौलाको समीकरण वाग्मतीमा पनि संकटमा परेको छ । प्रदेश १ मा सिटौला र वाग्मतीमा देउवा समूहलाई नेतृत्व दिने सहमतिअनुसार इन्द्रबहादुर बानियाँले प्यानलसहित उम्मेदवारी दिए पनि सिटौला समूहका भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिएका छन् ।
देउवा र सिटौलाबीच पाँचवटा प्रदेशमा देउवा समूह र दुईवटा (प्रदेश १ र वाग्मती) प्रदेशमा सिटौला समूहलाई नेतृत्व दिने ‘भद्र’ सहमति भएको बताइएको थियो ।




प्रतिक्रिया