काठमाण्डु- नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत प्रदेश १ को मतदान प्रक्रिया सुरु भएको छ । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि उक्त प्रदेशमा मतदान प्रक्रिया अघि बढाउने तयारी भएको हो ।
मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको स्रोतले जनाएको छ । मतदान बिहान ८ बजे सुरु गर्ने कार्यसूची थियो ।
काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १ नं प्रदेश सभापतिमा संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ । पौडेल–कोइराला समूहबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला समृहबाट उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया