काठमाण्डु – काठमाण्डुमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा हालसम्म दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको राप्रपाको निर्वाचन १२ बजेबाट सुरु भएको थियो ।
स्रोतका अनुसार १२ बजेबाट सुरु भएको मतदान बेलुका १० बजेसम्म सकिने छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।




प्रतिक्रिया