कमल थापाका भतिज अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

कमल थापाका भतिज अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । पार्टीको एकता महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा निर्वाचित भएका अभिषेकले उक्त पदबाट राजीनामा दिने बताएका हुन् ।

महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको उनले बताएका छन् ।