कोरोना कहर : भारतबाट फर्किनेले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

कोरोना कहर : भारतबाट फर्किनेले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतबाट फर्किएका व्यक्तिलाई बैतडीमा अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ संक्रमण ओमिक्रोनको संक्रमणदर बढ्दो छ । हाल उक्त भाइरस अधिकांश देशहरुमा भेटिएको छ । वैज्ञानीकहरुले पनि उक्त भाइरसले महामारीको रुपसमेत लिन सक्ने चेतावनी दिएका छन् ।