काठमाण्डु – नेपाली कांग्रेस प्रदेश १ का सभापतिका उम्मेदवार गुरुराज घिमिरे दुई मतले पराजित भएका छन् । नेता डा. शेखर काइरालाको समर्थनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका घिमिरे कोइरालाले मत नदिँदा पराजित भएका हुन् । कोइरालाले घिमिरेलाई मतदान नगरेको प्रति क्षमा मागेका छन् ।
घिमिरेलाई उनी पक्षीय नेताहरुले मत दिएको भए जीत निकाल्ने थिए । शेखरसहित केन्द्रीय नेताहरु महेश आचार्य र सुजाता कोइराला मतदानमा सहभागी नै नभएको बताइएको छ । घिमिरेले भने पुन मतगणना माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।
मतगणनाको अन्तिम मत परिणाम नआउन्जेल निर्वाचन समितिलाई कुनै कार्यक्रम अघि नबढाउनसमेत घिमिरेले आग्रह गरेका छन् । संस्थापनइतर समूहबाट उठेका घिमिरे संस्थापन–सिटौला पक्षका उमेदवार उद्धव थापासँग पराजित भएका थिए ।




प्रतिक्रिया