भूपेन्द्र बडुवालको हत्यामा २१ जना संलग्न, मुख्य अभियुक्त अझै फरार

भूपेन्द्र बडुवालको हत्यामा २१ जना संलग्न, मुख्य अभियुक्त अझै फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या घटनामा २१ जना संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको लम्की, चिसापानी, टीकापुर र छिमेकी जिल्ला बर्दियाका समेत गरी २१ जनामाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको हो ।

तर प्रहरीले हालसम्म मुख्य अभियुक्त भनिएका र उनीहरुलाई संरक्षण दिने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले १२ जनालाई पक्राउ गर्न सफल भएपनि अन्य ९ जना अझै फरार रहेको सुनाए । पत्रकार सम्मेलनमा प्रहरीले कुनै पनि अभियुक्तलाई सार्वजनिक गरेन तर उनीहरुको विवरण भने सार्वजनिक गरेको थियो ।