सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको हो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डुमा हुँदैछ ।