सभापतिमा पौडेल पक्षबाट साझा उम्मेदवार बनाउने कोशिसः शेखरको सम्भावना बढी

सभापतिमा पौडेल पक्षबाट साझा उम्मेदवार बनाउने कोशिसः शेखरको सम्भावना बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार बनाउन छलफल सुरु गरेको छ । कांग्रेसको मंसिर २४ गतेबाट सुरु हुने १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा फेरी सभापतिमा लड्ने तयारी गरिरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसेको हो ।

पौडेल निवास बोहराटारमा सोमबार सांझ बसेको बैठकमा देउवा विरुद्ध साझा उम्मेदवार बनाउने बारेमा छलफल भएको छ । बैठकमा २ दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्ने सहमति भएको स्रोतले बतायो । त्यसबारेमा निर्णय गर्न मंगलबार दिउंसो १ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ । केन्द्रीय सदस्यहरुको राय, सुझावपछि साझा उम्मेदवारको टुंगो लगाउने सहमति नेताहरुले गरेका छन् ।

कांग्रेसमा संस्थापन इतर पक्षका युवा नेताहरुले साझा उम्मेदवार तय गर्न दबाव दिंदै आएका छन् । उनिहरुको सल्लाहपछि सभापतिका आकांक्षीहरु एक ठाउं आएका हुन । युवा नेताहरु गगन थापा,चन्द्र भण्डारी,बद्री पाण्डे,दीपक गिरी,सरिता प्रसाई र धनराज गुरुंगले सभापतिको साझा उम्मेदवार छान्न नेताहरुलाई दबाव दिंदै आएका छन् ।

सोमबारको बैठकमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला,प्रकाशमान सिंह र शेखर कोइराला सहभागी थिए । सभापतिमा संस्थापन पक्षबाट अझैपनि देउवा बलिया उम्मेदवार हुन ।

देउवा एक्लैसंग १७ सय भन्दा बढी भोट रहेको विश्लेषणपछि उनविरुद्ध मोर्चाबन्दी सुरु भएको हो । संस्थापन इतरपक्षबाट शेखर कोइरालाको नाममा सहमति हुने सम्भावना बढी छ । त्यसो भएको खण्डमा भने देउवालाई अफ्ठेरो पर्न सक्ने अनुमान कांग्रेसभित्र छ ।

संस्थापन पक्षबाट देउवासहित उनि निकट नेता विमलेन्द्र निधी सभापतिमा उठने तयारी छन् । तर, निधिले समेत अन्तिममा कोइरालालाई सहयोग गर्ने सम्भावना छ ।