काठमाण्डु – २१ मंसिर, २०७८ । ७ डिसेम्बर, मंगलबार । मंगलबार सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त ०५ बजेर सात मिनेटमा हुनेछ । आज राहुकालको समय दिउँसो २ः३३ देखि ३ः५१ सम्म रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) हरेक मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । व्यापारबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ ।यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन निकै शुभ रहेको छ । व्यापारव्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईको गर्ने काममा सफलता मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईँलाई दुःख र धोका हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । व्यापारव्यवसायमा तपाईँको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) मंगलबारको दिन बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।




प्रतिक्रिया