सभापतिको उम्मेदवार छान्न पौडेल पक्ष आन्तरिक छलफलमा, प्रकाशमानले खोले सम्पर्क कार्यालय

सभापतिको उम्मेदवार छान्न पौडेल पक्ष आन्तरिक छलफलमा, प्रकाशमानले खोले सम्पर्क कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ । सभापतिको उम्मेदवार टुंगो लगाउन पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

आज पुनः संस्थापनइतरका नेताहरुको बैठक बस्दैछ । दिउँसो १ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने भएको हो। बैठकमा आफू पक्षीय केन्द्रीय सदस्यलाई समेत आमन्त्रण गरिएको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।

आजको बैठक संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न केन्द्रीत हुने नेताहरुले बताएका छन् । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखर कोइरालाबीच छलफल भएको थियो ।

यता सभापतिको दाबेदार मानिएका सिंहले छुट्टै सम्पर्क कार्यालय खोलेका छन् । नेता सिंहले १४ औं महाधिवेशन स्थल नजिकै सम्पर्क कार्यालय खोलेका हुन् । उनले मंगलबार बिहान सिंहदरबार नजिकै रहेको स्काई दरबार बङ्क्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । नेता सिंह बिहान ८ बजेदेखि दिनभर कार्यालयमा भेटिने छन् ।

‘घरमा भेट्नु भन्दा यहीँ भेटौ भनेर सम्पर्क कार्यालय खोलेको हो । बिहान ८ बजेदेखि म दिनभर यही हुन्छु । महासमिति बैठक भएको ठाउँ भएकोले र सिंहदरबार पनि नजिक भएकोले सम्पर्क कार्यालय सञ्चालन गरेको हो,’ उनले भने ।