आफ्नै कार्यकालमा बूढीगण्डकी सुरु गर्ने अर्थमन्त्रीको घोषणा

आफ्नै कार्यकालमा बूढीगण्डकी सुरु गर्ने अर्थमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – अर्थमन्त्री जनार्दन शर्माले आफ्नै कार्यकालमा बूढीगण्डकी आयोजना सुरु गर्ने बताएका छन् ।

सोमबार त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विवादमा रहेको बूढीगण्डकी आयोजना आफ्नै कार्यकालमा सुरु गर्ने बताएका हुन् ।

उनले भने, ‘बूढीगण्डकी बनाउने हो ।’

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो ।

यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।