काठमाण्डु – नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाण्डुमा हुँदैछ । कांग्रेस महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाण्डुले विशेष सुरक्षा योजना बनाइरहेको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
त्यसका लागि काठमाण्डु परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।
स्वयंसेवक व्यवस्थापन समिति संयोजक नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाले भूतपूर्व सैनिक सङ्घको नेतृत्व स्वयंसेवक खटिने बताएका छन् ।




प्रतिक्रिया