खोप लगाएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

खोप लगाएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँटाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका-१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो ।

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।