सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण, छैन ओमिक्रोन परीक्षणको व्यवस्था

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण, छैन ओमिक्रोन परीक्षणको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । विषेश गरि भारतबाट फर्किने नागरिकहरुमा कोरोना संक्रमण देखिएको हो । भारतबाट फर्किनेहरुको सीमा नाकामा नियमित कोरोना परीक्षण भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

संक्रमण रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखेर नमूना संकलन गरी काठमाण्डु ल्याउन थालिएको जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा नमूना परीक्षण गर्न काठमाण्डु ल्याउन थालिएको हो । हाल सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थाले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्ने व्यवस्था भने छैन् ।

त्यसकारण आमिक्रोनकाे आशंकामा नमूना परीक्षण गर्न काठमाण्डु ल्याउनु पर्ने बाध्यता छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट फर्किनेहरुमा संक्रमण देखिएपछि सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई परीक्षणका लागि नमूना काठमाण्डु पठाउने जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा केही समय शून्यमा झरेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । करीब एक महिना अघिसम्म दैनिक संक्रमणको दर शून्यमा झरेको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक तीनदेखि छ जनासम्म संक्रमित देखिन थालेका छन् ।