कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्नका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ होटल बुकिङ

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्नका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ होटल बुकिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन काठमाण्डु आउने महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ ।

यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि राजधानीको सुन्धारा, ठमेल र गौशालामा बस्ने व्यवस्था गरिएको हो । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए । ‘चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ’, पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।

‘अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ’, संयोजक पाण्डेले भने । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।