एमालेले अरुका आलोचना र सुझावलाई ग्रहण गर्छ : सचिव भट्टराई

एमालेले अरुका आलोचना र सुझावलाई ग्रहण गर्छ : सचिव भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनले एमाले, नेपाली कांग्रेसजस्ता ठूला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाए ।

सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरुका आलोचना र सुझावलाई ग्रहण गर्ने स्पष्ट पारे । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको जिकिर गरे ।

त्यस्तै अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचारकार्य व्यवस्थित भएको जनाए । प्रचार समितिका सचिव गगन विष्टले महाधिवेशनमा प्रचारका क्षेत्रमा भएका काम र समीक्षासहित प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्रोतसाधनको उपलब्धता बढाएर आगामी दिन प्रचार क्षेत्रको काम थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । यही मङ्सिर १० देखि १४ गतेसम्म एमालेको महाधिवेशन चितवनमा भएको थियो ।