प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन ओलीलाई बारको ज्ञापनपत्र

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन ओलीलाई बारको ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ ।

बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।

बरिष्ठ अधिवक्ता शम्भु थापाले गणतन्त्रपछि असल मान्छे भन्दा पनि राजनीतिक दलमा लागेको मान्छे न्यायाधीश नियुक्ती हुन थाल्दा समस्या भएको र संविधानमै गल्ती गरिएको बताए ।

‘हिजो भोट माग्न पनि गयौं, आफूले मात्र भोट हालेनौँ । यो देशको परिवर्तनको मोर्चामा हामी पनि उभिएका छौं’, थापाले भने, ‘यहाँहरुको राजीनितक पृष्ठता होला तर न्यायालयको सुधारका लागि साथ दिनुपर्छ । हामीले किलकिले त समातेका छौं, तर यो बलियो छ । यो सजिलै जाँदैन ।’