काठमाण्डु – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जर्मन हाउस पार्टी प्यालेसमा बस्ने भएको छ । आगामी मंसिर २५ र २६ गते बस्ने केन्द्रीय कमिटीको बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने भएको हो ।
बिहान ११ बजेदेखि सुरु हुने बैठकको स्थान आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठक भने नवनिर्वाचित पदाधिकारीहरूले शपथग्रहण गरेलगत्तै मंसिर १४ गते सौराहामा बसेको थियो । केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्नेछ ।




प्रतिक्रिया