स्थानीय तहका १६ सय १३ कर्मचारीको एकै पटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

स्थानीय तहका १६ सय १३ कर्मचारीको एकै पटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ कर्मचारीको एकै पटक सरुवा गरेको छ ।मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६ सय १३ कर्मचारीको एकैपटक सरुवा गरेको हो ।

लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । उनले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको बताए ।

लोक सेवा आयोगबाट सिफारिस भइ स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो । हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएपछि सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवा भएका कर्मचारीको विवरण: