१२ कक्षाको सर्टिफिकेट विद्यालयबाटै पाइने

१२ कक्षाको सर्टिफिकेट विद्यालयबाटै पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाको मार्कसिट र सर्टिफिकेट विद्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बोर्डले सम्बन्धित विद्यालयबाटै शैक्षिक प्रमाणपत्र लिने व्यवस्था मिलाएको हो ।

बोर्डका अनुसार, यो वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन सक्नेछन् । यसअघि कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो ।

यो वर्ष बोर्डले सम्बन्धित विद्यालयमै शैक्षिक प्रमाणपत्र पठाउने बताएको छ । बोर्डले कक्षा १२ को यो वर्षको परीक्षाको परीक्षाफल मंसिर १७ गते प्रकाशित गरेको थियो । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ८५ हजार विद्याथी सहभागी थिए ।