काठमाण्डु – २२ मंसिर, बुधबार । ८ डिसेम्बर । सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ७ मिनेटमा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईँमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ । त्यसैले तपाईँले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) व्यापारट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । देवालयको दर्शनले तपाईँलाई सकारात्मक सोच आउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईँले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईँ आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । यात्राका लागि अवसर आउनसक्छ । तपाईँले सोचअनुसारको काम हुनेछ । ब्यापारबाट फाइदा हुनेछ ।
Share this:




प्रतिक्रिया