सप्तरीमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

सप्तरीमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ ।

गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उषाकुमारी मण्डलबीच किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे विवाद हुँदा मंगलबार कार्यपालिका बैठकमै कुटाकुट भएको हो । कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन् ।

कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए । गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष मण्डलले बताइन् ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् ।