एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रुघा खोकी लागेपछि बुधवारदेखी घरमै आराम गरिरहेको ओलीको सचिवालयले जनाएको छ । ओलीलाई बधाई दिन बालकोट पुगेका एमालेका नेता कार्यकर्ताहरु बुधवार र बिहिवार विहान उनि विरामी भएपछि नभेटी फर्केका थिए ।

ओलीले आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम र पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा समेत सहभागी नहुने खबर पठाएको उनको सचिवालयले जनाएको छ।