प्रधानमन्त्री – शेरबहादुर देउवाले द्धन्द्धकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताएका छन् । शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग नेपालले काठमाण्डुमा आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने बताएका हुन् ।
उनले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ । पछाडि परेका, महिला, दलित, जनजाती सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरू नेपालमा भएको छ । द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरूमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ ।’




प्रतिक्रिया