एनपीएलमा आज काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर खेल्दै

एनपीएलमा आज काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

काठमान्डु र सुदूरपश्चिमबीचको खेल दिउँसो साढे १२ बजे हुनेछ । पाँच खेलबाट चार जित र एक हारसहित आठ अङ्क जोडेको काठमान्डु अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

छ खेल खेलेको सुदूरपश्चिम पनि चार खेलमा जित र दुई खेलमा हार बेहोर्दै आठ अङ्कसहित तेस्रो स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ ।

यसैगरी, चितवन राइनोज र जनकपुर बोल्ट्सको खेल दिउँसो साढे ४ बजे हुनेछ । पाँच खेलबाट दुई जित, दुई हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अङ्क बाँडेको चितवन पाँचौँ स्थानमा छ । छ खेल खेलेको जनकपुर भने दुई जित र चार हारसहित छैटौँ स्थानमा रहेको छ ।