मनाङको स्याउ हेर्न दुई सयको टिकट

मनाङको स्याउ हेर्न दुई सयको टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ – मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रा‍लिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।

एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवद्र्धन गर्न टिकट प्रणाली लागु गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङले भने स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो । स्याउ हेर्न दिनहुँ ६०/७० जना आन्तरिक पर्यटक र ३०/४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउने गरेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्छ ।

दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो । गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।