काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् । एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको समेत उनले बताएका हुन् ।
वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको र उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताए ।
ओलीले भने, ‘कांग्रेस पूरानो पार्टी हो । त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिडाउने कोशिस गर्नु हाम्रो कर्तव्य हो । नत्र एमाले एक्ल हुन्छ । अरु त राजनीतिक पार्टी नै होइनन,पृथ्वीका वरिपरि घेरै स्याटेलाइट हुन्छन् तर ती स्टार होइनन् ।’
त्यसैगरी उनले आफू कांग्रेसलाई सम्झाउन पनि महाधिवेशनमा जान लागेको बताए । ‘कांग्रेसलाई गएर सम्झाउनुछ । त्यसैले महाधिवेशनमा सहभागी हुन्छु । अरु पार्टीको कुरा नगरौँ। कांग्रेसलाई सम्झाउनु छ त्यहीकारण जाँदैछु’




प्रतिक्रिया