काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार आजदेखि सुरू भएको छ । काठमाण्डुको भृकुटीमण्डपमा नेपाली कांग्रेको १४ औँ महाधिवेशन सुरु भएको हो । उक्त महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
त्यसैगरी भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् ।










प्रतिक्रिया