शुक्रबार २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

शुक्रबार २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४७२ पीसीआर परिक्षणका क्रममा २३२ जना र चार हजार १५ एन्टिजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ लाख १९ हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

आज देशभर ३३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा आठ लाख ६ हजार २३७ जना निको भएका छन् ।