कांग्रेसमा बिभाजित मानसिकता छ, तर सरकारसँग कुनै अपेक्षा छैन् : सिटौला

कांग्रेसमा बिभाजित मानसिकता छ, तर सरकारसँग कुनै अपेक्षा छैन् : सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेसनको सम्मुखमा पार्टीमा बिभाजित मानसिकता देखा परेको बताएका छन् ।भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेसन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसन पछि कांग्रेसमा अनेक उतार चढाव आएको पनि जनाएका छन ।

‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प-यो, अब आगामी दिनमा कसरी एकताबद्व बन्नेतर्फ ध्यान जानुपर्छ’ सिटौलाले भने, ‘यसपालि प्रतिस्पर्धा कडा भएको छ, पार्टीमा विभाजित मानसिकता बढेको छ, अब त्यसलाई पुरेर महाधिवेशन पछि एकताबद्ध हुनुपर्छ ।’

सिटौलाले केही समय पछि हुन गईरहेको स्थानिय प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै अगाडी भने, ‘बैशाख जेठमा केन्द्रको निर्वाचन हुन्छ, यो अवधिमा काँग्रेसभित्र भावनात्मक एकता हुनुपर्छ र यो आजको आवश्यकता पनि हो ।’

उनका अनुसार महाधिवेसनमा प्रतिस्पर्धा पछि एकता अपरिहार्य छ । ‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली हामीले बनाएको संविधानका मूल्य मान्यता जोखिममा छन् भने राज्यका अङ्ग राम्ररी चलिरहेको छैन,’ सिटौलाले भने, ‘यो सरकारसँग कुनै अपेक्षा छैन, मात्र यो सरकार निर्वाचनसम्म पुगोस किनभने निर्वाचन स्वतन्त्र निष्पक्ष र धाधलीरहित हुन जरुरी छ, यो काँग्रेसले प्रमाणित गरिसकेको छ ।’ सिटौलाले पटक पटक काँग्रेसको आन्तरिक लोकतान्त्रिक पद्वतिमा सुधार गर्नुपर्नेमा जोड गरेका छन ।