कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (सूचीसहित)

कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि संख्या बढाएर ४ हजार ७४३ जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।

देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको हो । यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३१९ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो ।

काठमाण्डुको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको उद्घाटन समारोह सकिएसँगै कांग्रेसको महाधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ । कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता भोलि शनिबार हुनेछ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि यी मतदान गर्नेछन् ।

यी हुन महाधिवेशन प्रतिनिधि