काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ छ । काठमाण्डुको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको हो ।
महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् । महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी छन् ।
इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन ।




प्रतिक्रिया