भृकुटीमण्डपमा कांग्रेसको बन्दसत्र सुरु, पौडेलपक्ष बत्तिसपुतलीमा

भृकुटीमण्डपमा कांग्रेसको बन्दसत्र सुरु, पौडेलपक्ष बत्तिसपुतलीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि केहि ढिला गरि बन्दसत्र सुरु भएको हो ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन । पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।