माओवादी केन्द्रको विभागमा खोटाङका ७ नेताले पाए जिम्मेवारी

माओवादी केन्द्रको विभागमा खोटाङका ७ नेताले पाए जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – नेकपा माओवादी केन्द्रले गठन गरेको विभिन्न विभागमा खोटाङका ७ नेताले जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रले ३३ विभाग र एक प्रतिष्ठान गठन गरेकामा अर्थ तथा योजना विभाग सदस्यमा डा. चेतकुमारी गुरुङ, खानेपानी तथा सरसफाई विभाग सदस्यमा हेमबिक्रम राई, कानुन, न्याय तथा मानवअधिकार विभाग सदस्यमा प्रकाश राई, प्रादेशीक मामिला विभाग सदस्यमा डा. विष्णु राई चयन भएका छन् ।

यस्तै, पार्टी स्कुल विभाग सदस्यमा दुर्गाजयन्ती राई, राष्ट्रिय सुरक्षा विभागमा तुलाराम राई र श्रम तथा रोजगार विभाग राजुबिक्रम चाम्लिङलाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।