कांग्रेस महाधिवेशन : संस्थापनमा देउवा एक्ला उम्मेदवार इतरमा अझै कुरा मिलेन

कांग्रेस महाधिवेशन : संस्थापनमा देउवा एक्ला उम्मेदवार इतरमा अझै कुरा मिलेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा इतर समूहबाट सभापतिमा दुई जना लड्ने निश्चित भएको छ । शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने तयारी भइरहेको छ ।

शेखर र प्रकाशमानले एक अर्कालाई सभापति स्विकार्न नसक्दा संस्थापन इतर पक्ष विभाजित बनेको हो । यसअघि ४ जना आकांक्षी देखिएको इतर समृहमा डा शशांक कोइराला र रामचन्द्र पौडेल चुनाव नलड्ने भएका छन् । शशांकले यसअघिनै सहमतिका लागि रामचन्द्र पौड्ललाई सभापतिमा प्रस्ताव गरेका थिए ।

शेखरले पनि रामचन्द्रलाई साझा उमेद्वार बनाउने भए आफु बाधक नबने बताएका थिए । तर प्रकाशमान सिंह भने कसैलाई नस्वीकार्ने अडान लिएका थिए । सिंह र शेखरबिच कुरा मिल्न नसकेपछि रामचन्द्र पौडेल उम्मेद्वारको दौडबाट बाहिरिएका छन् । आफ्नो नाममा सहमति नभएपछि उनी सभापतिमा नलड्ने भएका छन् ।

अब इतरपक्षका सिंह र शेखर उमेद्वार रहेका छन् । यद्यपि सहमतिको प्रयास भने भइरहेको बताइएको छ । संस्थापन इतर बिभाजित बन्दा शेरबहादुर देउवालाई भने फाइदा पुग्ने देखिएको छ । संस्थापन पक्षमा देउवा सभापतिका एक्ला उमेद्वार हुन् । उनलाई कृष्णप्रसाद सिटौलाले समेत सहयोग गर्नेभएका छन् ।