माओवादीकाे लुम्बिनी प्रदेश अधिवेशन, को–को छन् नेतृत्वको दाबेदार ?

माओवादीकाे लुम्बिनी प्रदेश अधिवेशन, को–को छन् नेतृत्वको दाबेदार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन आज हुँदै छ । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो ।

जसअनुसार लुम्बिनी प्रदेश अधिवेशनको शनिबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको छ ।

प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन । जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ ।

लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ ।