फुट्यो पौडल समूह, यसकारण सुजाताले रोजिन प्रकाशमान ‘क्याम्प’

फुट्यो पौडल समूह, यसकारण सुजाताले रोजिन प्रकाशमान ‘क्याम्प’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्ष फुटेको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार तय गर्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडल पक्ष फुटेको हो । पौडेल पक्ष फुटेसँगै कोइराला परिवार पनि कांग्रेसको १४ औँ महाधिवेशनमा विभाजित भएको छ ।

नेपाली काँग्रेसभित्र बीपी र गिरिजाप्रसाद कोइरालाको लिगेसी बोक्ने नेताहरुमा तीनजनाको नाम आउने गरेको थियो । यसभन्दा अघि सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर आज विहान मनोनयन दर्ता गर्ने समयमै कोइराला परिवार नै अलग अलग बाटोतर्फ लागेको छ ।

कोइराला परिवारकी सदस्य सुजाता कोइराला प्रकाशमानसिंह क्याम्पमा पुगेकी छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । प्रकाशमानले केही समयपछि उपसभापतिमा सुजातालाई लिएर आफुले समापतिमा उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

डा. शशांक कोइरालाले पनि सभापतिमा आफ्नो दाबी नछाड्ने सम्भावना बढेको छ । वरिष्ठ नेता पौडेले आफूलाई नेताहरुले सहयोग नगरेको भन्दै सभापतिको दौडबाट पछि हटेको बताइसकेका छन् । उनले आफू सभापतिको दौडबाट पछि हटेपनि राजनीति कायमै राख्ने जानकारी दिएका छन् । यो अवस्थामा संस्थापनइतर पक्षबाट प्रकाशमान र शेखर कोइरालाले सभापति पदमा उम्मेदवार दिने पक्का पक्कि नै भएको छ ।

यस बेला कोइराला परिवारकी नेतृ सुजता भने नेता सिंहको पक्षमा खुलेकी छिन् । नेतृ सुजताले भनिन्, ‘प्रकाशमानजीलाई मैले समर्थन जनाएँ । म उहाँको टीमबाट उपसभापतिमा चुनाव लड्दैछु’ प्रकाशमान सिंह गणेशमानजीको छोरो रहेको र आफ्नै पनि व्यक्तित्व भएकाले उनलाई सघाएको सुजाताले बताएकी छिन् ।

साथै सिंहले महिलालाई पनि सम्मान गरेको उनको भनाइ छ । शेखर कोइराला समूहले भने गगन थापा र डा.मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ । यता संस्थापन पक्षले भने सभापतिका लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई तय गरेको छ ।