काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाको प्यानल तय भएको छ । डा. कोइरालाको प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीमा उम्मदवारी दिने भएका छन् ।
उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन् । त्यसैगरी सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकैष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ छन् ।
डा कोइरालाले केहिबेरमा बाल्मिकी क्याम्पसमा आफ्नो प्यानल घोषणा गर्ने भएका छन् । उक्त घोषणा कार्यक्रममा गगन थापा पुगिसकेका छन् भने अन्य नेताहरु आउने क्रम जारी छ ।




प्रतिक्रिया